देश

अलपत्र अवस्था छोडिएका ३१ जना यात्रुलाई आजै गन्तव्य स्थानसम्म पु¥याउने नेपाल एअरलाइन्सको घोषणा

काठमाडौं । नेपाल एअरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा छोडेका ३१ जना यात्रुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुयाउने प्रबन्ध मिलाइएको जनाएको छ । निगमले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै यस्तो सुचना सार्वजनिक गरेको हो । तर आजै यात्रुलाई गन्तव्य स्थानमा पु¥याउने जनाएपनि समय तालिका भने सार्वजनिक गरेको छैन । समय तालिका सार्वजनिक सुचनामा उल्लेख नगरेकाले आज पनि यात्रुको उडान नहुने हो की भन्ने संकेत छ ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान पाएका छैनन् । अहिले अलपत्र अवस्थामा बसेका यात्रुहरूलाई ज्ञानेश्वरस्थित एक होटलमा राखिएको छ । नेपाल एअरलाइन्सले गरेको गल्तिका कारण लगभग दुई लाख भन्दा माथिको खर्च डुबाएको छ । त्यतिमात्र होइन एअरलाइन्सको जिम्मेवारीप्रति चौतर्फी आलोचना पनि भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट