काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौंदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।
खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक, योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्ने छन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिने छ ।