काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानबाट पछि हटेर आफ्नै नेतृत्वमा नागरिक सरकार घोषणा गर्ने तयारीमा जुटेका छन् । गत मंशिर ७ गतेबाट प्रसाईंले काठमाडौंको विभिन्न ठाउँमा देशभरीबाट जनसागर उतारेपछि राज्यको विरुद्धमा बोलेको भन्दै सरकारले प्रसाईंलाई नजरबन्दमा समेत राखेको थियो । प्रसाईं र एमाले भातृसंगठनबीचको विवादको प्रदर्शन काठमाडौंमा हुने भएपछि सुरक्षाका विभिन्न उपाय अपनाउदैँ काठमाडौं र ललितपुर जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो । केही दिन प्रसाईंलाई प्रदर्शनमा उत्रिएका नागरिकहरुले साथ दिएपनि केही दिनपछिबाट प्रसाईंलाई जनताले साथ दिएनन्छो । नागरिकको हितका लागि काम गर्ने आश्वासनका साथ अब प्रसाईंले नागरिक सरकार गठन गर्ने बताएका छन् ।
प्रसाईंले शान्तिपूर्ण भनेर थालेको पदर्शन अराजक शैलीमा उत्रिएको थियो । जुन राज्यको हितमा थिएन । आन्दोलनमा परी केहीमात्रमा घाइते हु्नुप¥यो त्यो पिडा घाइतेहरुले मात्र महशुस गरेका छन् । अराजक शैलीमा दिने अभिव्यक्तीले देशमा सकरात्मक सन्देश दिनसक्दैन । सन्देश सबैका लागि सर्वमान्य भएको अवस्थमा मात्र सबैले सम्मान गर्छन । प्रसाईंको आक्रामक शैलीले देशमा नागरिक समाजलाई द्वोन्द्वमा धकेल्ने संकेत दिएको थियो । अभियानका केही नारा सकारात्मक सुनिएपनि गतिविधि भने द्वोन्द्वकालीन थियो ।
विभिन्न बैङ्क तथा वित्तिय संस्थाबाट ठगिएका मिटरब्याजीहरुले २० लाख भन्दा तलको ऋण मिनाहा हुने आवश्वासनले धेरै नागरिकले साथ दिएका थिए । पछि प्रसाईंले सरकारका विरुद्धमा विवादास्पद शब्दहरु प्रयोग गरेपछि त्यस्तो आन्दोलन देशका लागि सहि नभएको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रण गर्नेक्रममा प्रहरी आन्दोलनकारीबीच नै झडप परेको थियो ।
विस्तारै विभिन्न ठाउँबाट प्रदर्शनमा आएका नागरिकहरुले प्रसाईंलाई साथ नदिएपछि प्रसाईंका एक तहको सपना तुहिएको छ । अब फेरी पनि प्रसाईंले सरकारलाई चुनौती दिन कै लागि भए पनि नागरिक सरकार घोषणा गर्ने निर्णय गरेका हुन् । प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको छ । ‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा केन्द्रित कार्यक्रम गर्ने तयारी रहेको जनाइएको छ ।
अभियानको अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार अब विभिन्न जिल्लामा विकेन्द्रित गर्ने र ‘नागरिक सरकार’लाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्याउने तयारी रहेको छ । नागिरक सरकारको प्रमुख दुर्गा प्रसाईं रहने कार्कीले जानकारी दिए ।