काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा एकाधिकार जमाउन नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।
अब नेपाल वायुसेवा निगमले प्रतिस्पर्धाका आधारमा छनोट हुन नसके विगतमा लिदैँ आएको आम्दानीको स्रोत बन्द हुनेछ । यस भन्दा अगाडी नेपाल एयरलाइन्सले एकाधिकार जमाएको थियो । बिहीबार प्राधिकरणले युरोपेली यूनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानि भित्रको कमजोर व्यवस्थापन रहेको जनाएको थियो ।