मुख्य समाचार

एनसेल आजियाटालाई प्राधिकरणको पत्र

काठमाडौं । नेपाल दुरसंञ्चार प्राधिकरणले एनसेल आजियाटालाई पत्र काटेको छ । शुक्रबार प्राधिकरणले आजियाटाले शेयर खरिद बिक्रीमा पूर्व स्वीकृति नलिएको खुलासा गर्दै पत्र काटेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट)बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क)बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्राधिकरणले एनसेल आजियाटाको होल्डिङ कम्पनीको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको समेत विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट