समाचार

वायुसेवा निगमका अध्यक्षलाई सात दिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। शुक्रबार प्राधिकरणले निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नियामको निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नभएको खुलेको छ । यस अघि सोधेको स्पष्टीकरणमा जनाएका प्रतिबद्धता पालना नगरेकाले अन्तिमपटक स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *