राजनीति

भ्रष्टाचारको छानबिनको नेतृत्व कांग्रेसले लिनुपर्छ : अर्जुननरसिंह केसी

विदुर । नेपाली कांग्रेस विदुर नगर कमिटिको प्रथम नगरसभा सम्पन्न भएको छ । नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको कार्यक्रमले कांग्रेसलाई जनताका मुद्दालार्ई सँगै लिएर जाने र पार्टीलाई अझ बलियो र जनताकाबीच लोकप्रिय बनाउँदै लैजाने सहितका विभिन्न निर्णयहरु गरेको छ ।

बिदुर नगर समिति सभापति हरिलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संबिधानसभा सदस्य जगदिश्वर नरसिंह के सी, राज्यलक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित नुवाकोट कांग्रेसका सभापति रमेश कुमार महत लगायत नेता कार्यकर्ताहरूले आफ्ना महत्वपूर्ण धारणा राखे ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद केसीले पार्टी बिधि र बिधानमा चल्नु पर्ने कुरामा जोड दिनुभएको थियो । अब कांग्रेसले नयाँ ढंगबाट नागरिकको समस्या हरूको समाधानका लागि अग्रसर हुनुपर्ने भन्दै उनले मुलुकको वर्तमान आर्थिक अनुसासनका अनियमिताबाट देशलाई उन्मुक्ति दिलाउन आफूले पार्टीको केन्द्रीय पदाधिकारी तथा पुर्ब पदाधिकारी बैठकमा समेत प्रस्ताव अघि सारेको स्मरण गराएका थिए । “बिग्रदो आर्थिक अबस्थालाइ सुधार गर्न क्रान्तिकारी निर्णय लिंदै एक हजार र पाँच सयका नोट बन्दि गरिनु गरिनुपर्ने उनको सुझाव थियो ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले स्विस बैंकमा अबैधानिक रूपमा संचित कालोधन तथा सम्पूर्ण भ्रष्टाचारको छानबिनको नेतृत्व कांग्रेसले लिनुपर्ने भन्दै नेता केसीले कांग्रेसले सक्रियता नलिने हो भने देश अझ अप्ठेरो बाटोमा जाने दावी समेत गरे । उनले नेपाली जनताको आजको नैराश्यता भनेको बिधि बिहिनता, ब्याप्त भ्रष्टाचार र शुसानमा देखिएका खडेरी नै प्रमुख भएको भन्दै स्थानीय सरकार मा पार्टीको तर्फबाट निर्बाचित जनप्रतिनिधिहरूलाई हिजो निर्वाचनका बेला पार्टीले घोषणा पत्र मार्फत राखेका जनपक्षीय योजना, नीति तथा कार्यक्रमहरूलाई अक्षरस निस्पक्ष ढंगबाट कार्यान्वयन गर्नुपर्नेमा जाड दिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै संविधानसभा सदस्य तथा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पार्टी अब सच्चिनुको विकल्प नभएकोमा जोड दिए । उहाले कृयाशिल सदस्यको संख्याका आधारमा प्रतिनिधि चयन हुने कार्य परिबर्तन हुनु पर्नेमा पनि जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसमा आवद्ध विदुर नगरपालिकाभित्रका विभिन्न तहका नेता कार्यकर्ताको सहभागिता रहेको नेपाली कांग्रेस विदुर नगर सभापति हरिलाल श्रेष्ठले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *