देश

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिग्वेल डियाज केनेलबीच भेटवार्ता भएको छ ।
यूएई पुगेका उनीहरूबी कोप–२८ को अवसरमा भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गत बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *