काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्धको टेस्ट खेलमा ऐतिहासिक जित हासिल गरेको छ । जारी टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई १५० रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको ३३२ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड टेस्टको पाँचौं दिन १८१ रन बनाएर अल आउट भएपछि बंगलादेश १५० रनले विजयी भएको हो ।
यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा ३१० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ३१७ रन बनाएको थियो । त्यस्तै बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ३३८ रन बनाएर न्यूजील्याण्डलाई ३३२ रनको लक्ष्य दिएको थियो ।
बंगलादेश सन् २००० मा आइसीसीको पूर्ण सदस्य बनेदेखि अहिलेसम्म १३९ टेस्ट खेलेको छ भने यो जितसहित १९ खेल जितेको छ । त्यस्तै १०२ टेस्ट हारेको बंगलादेशले १८ खेल ड्र खेलेको छ ।
यो खेल जितसँगै बंगलादेशले टेस्ट क्रिकेटमा न्यूजील्याण्डलाई दोस्रो पटक पराजित गरेको छ भने घरेलु मैदानमा पहिलो पटक पराजित गरेको छ । यस अघि बंगलादेशले २०२२ मा न्यूजील्याण्डविरुद्ध पहिलो जित हासिल गरेको थियो ।