देश

जलवायु परिवर्तनका असरले नेपालीलाई गम्भीर असर गरेको छ : प्रधानमन्त्री दाहाल

युएई । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन्। दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए।

‘जलवायु परिवर्तका असरले नेपालीलाई धेरै नै असर गरेको छ। यसमा नेपालको योगदान नगन्य रहे पनि बाढी, पहिरो, हिमपात पग्लिनेलगायतका समस्यामा नेपाल ग्रसित छ,’ उनले भने।

जलवायु परिवर्तनका असरले नेपाललाई समस्या परेकै कारण आफू कोप-२८ मा सहभागी भएको प्रधानमन्त्रीको भनाइ छ। उनले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने जोड दिए। ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो। यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोषबाट नेपालले लाभ पाउनुपर्ने दाबी गरे। उनले उक्त कोषलाई पारदर्शी बनाउन जोड गर्दै नेपालले पाउने न्याय र अधिकारका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *