समाचार

कांग्रेस सांसद दीपक खड्का सवार गाडी दुर्घटना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्का सवार गाडी दुर्घटना भएको छ । पूर्वमन्त्रीसमेत रहेका खड्का सवार स्कर्पियो शनिबार धरान–धनकुटा सडकमा दुर्घटनामा परेको हो ।

गाडी टिपरसँग ठोक्किएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको छ । संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं १–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरीगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं २–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको हो ।

सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । आइतबार अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीनवटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट