समाचार

नेपाल वायुसेवामा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र भएकालाई ५० प्रतिशत छुट

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आइतबारबाट नै लागू हुने गरी अपाङगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

निगमले रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुलाई पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा दुई जनालाई ५० प्रतिशत छुट दिने घोषणा गरेको निगमका प्रवक्ता रमेश पौडेलले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त सुविधाको लागि सम्बन्धीत यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने

जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *