देश

सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग सेवाकाे उद्घाटन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग सेवाको उदघाटन गरेका छन् । निगम सञ्चालक समितिबाट स्वीकृत चालु आर्थिक वर्षको निगमको नीति तथा कार्यक्रम बमोजिम रिजालले आइतबार विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग सेवाको उदघाटन गरेका हुन् ।

सिमरा विमानस्थलमा हवाई इन्धन स्टेशन सञ्चालन गर्नका लागि सरोकारवाला निकायहरुबाट आएको अनुरोध अनुसार हवाई इन्धन रिफ्यूलिङ्ग सेवा समुद्घाटन भएको हो । ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *