खेलकुद

स्वरेज इन्टर मियामी जाने निश्चित

काठमाडौँ । उरुग्वेका फरवार्ड लुइस स्वरेज लियोनेल मेसीसँग इन्टर मियामीमा पुनर्मिलन हुने निश्चित भएको छ । ३६ बर्षिय स्ट्राइकर स्वरेजले इन्टर मियामीसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्वरेजले यसअघि नै इन्टर मियामीमा जान ब्राजिलियन क्लब ग्रेमियोसँगको सम्झौता घटाएर यसै बर्षको अन्त्यसम्म बनाएका थिए ।

अब ग्रेमियोका प्रशिक्षक रेनाटो गाउचोले स्वरेजले क्लब छोड्ने पुष्टि गरेका छन् । रेनाटोलेआफुहरुले स्वरेजलाई मिस गर्ने बताउदै उनले क्लब छोड्न लागेको बताएका छन् ।

यसअघि नै इन्टर मियामीले स्वरेजलाई क्लबमा ठाउ बनाउन जोसेफ मार्टिनेजलाई रिलिज गरेको थियो ।

डिसेम्बर २०२२ मा ग्रेमियो गएका स्वरेजले ५२ खेलमा २६ गोल गरेका छन् ।

इन्टर मियामीले लियोनेल मेसीलाई भित्र्याए पछि लिग कपको उपाधि जिताएका थिए भने युएस ओपन कपको फाइनलमा पुर्याएका थिए । एमएलएसमा भने इन्टर मियामी प्लेअफमा छनौट हुन असफल भएको थियो ।

स्वरेजको इन्टर मियामीमा आगमन भएमा मेसीसँगै बार्सिलोनाका पुर्व खेलाडी जोर्डी अल्बा र सर्जियो बुस्क्वेटसँग पनि पुनर्मिलन हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *