समाचार

बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको छ ।

एक हप्ता लामो समयसम्म पनि मृत्यु भएका व्यक्तीको शव पहिचान नभएपछि जिल्ला प्रहरी चितवनले भरतपुर महानगरपालिका वडा नं. १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोरा भित्र शंकास्पद रुपमा अं. २४/२५ वर्ष, ५ फिट ७ ईन्च उचाई भएको पुरुष र सोहि स्थानमा अन्दाजी ३०/३१ बर्ष, ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको हो ।

७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हाल सम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसकेपछि आइतबार प्रहरीले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारीएकोे स्केज तस्विर सार्वजनिक गरेको थियो ।

आइतबार मृत्युको स्केज तस्विर सार्वजनिक गर्दैं प्रहरीले कोही कसैको सम्पर्कमा बसेको व्यक्ती हराएर सम्पर्कमा नआएको थाहा पाउने व्यक्तीहरुले प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *