सम-सामयिक

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन् । अन्जनाले सोमबार आफ्ना प्रेमी भक्तपुर निवासी अविरल लामासँग धुलिखेलमा विवाह गरेकी हुन् ।

१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन् ।

अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी समेत गरेकी थिइन् । रौतहटको चन्द्रपुरकी अन्जनाले ११ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेको थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *