![](https://sankalpakhabar.com/wp-content/uploads/2023/12/Cyber-Bureau-e1647103379344.webp)
काठमाडौं।वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो ।
सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ ।
ब्युरोले झुटा आश्वासनमा परी साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।
![](https://sankalpakhabar.com/wp-content/uploads/2023/12/407635821_665640229088932_3034423692371324129_n.webp)