विश्व

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

बेइजिङ । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जानकारी दिएकी छन् ।

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चाल्र्स मिशेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने हुवाले बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *