देश

पोर्चुगल पठाईदिने भन्दै सात लाख ५० हजार ठगी गर्ने सुष्मा खड्का पक्राउ

काठमाडौं । बारा निजगढ न.पा वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ । राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भन्दै पटक–पटक गरी सात लाख ५० हजार ठगी गरेको आरोपमा खडकालाई काठमाडौँ महानगरपालिका वडा न. ३२ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले राजु शाहीलाई पोर्चुगलमा होटलको काममा मासिक एक लाख २० हजार कमाई हुने र जानका लागि ११ लाख लाग्ने भन्दै पटक–पटक गरी सात लाख ५० हजार ठगी गरेर सम्पर्क विहीन भएपछि प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट