विश्व

राघव चड्डाको संसद सदस्यता बहाल, सरकारबारे के भने ?

एजेन्सी । आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्ढाको संसदीय सदस्यता बहाल भएको छ । सोमबार राज्यसभामा प्रस्ताव पारित गर्दै निलम्बन फिर्ता लिएको हो ।

सोसल मिडिया प्लेटफर्ममा भिडियो पोस्ट गर्दै चड्ढाले भने, ‘मेरो निलम्बनका सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएको थिएँ, अदालतले त्यसमा ध्यानाकर्षण गरायो र हस्तक्षेप गर्‍यो। सर्वोच्चको हस्तक्षेपपछि मेरो निलम्बन सकियो।’

उनले भने, ‘आज संसद भवनभित्र प्रस्ताव ल्याएर मेरो निलम्बन अन्त्य भएको हो, मलाई करिब ११५ दिन निलम्बनमा राखियो, ११५ दिनसम्म संसदभित्र आवाज उठाउन सकिन, सरकारलाई प्रश्न सोध्न सकिन । अधिकारको आवाज उठाउन सकिन, सरकारबाट चाहेको जवाफ ल्याउन सकिन।’

अगस्टमा दिल्ली सेवा विधेयकसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा राघव चड्डामाथि पाँच सांसदको नक्कली हस्ताक्षर गरेको आरोप लगाइएको थियो, त्यसपछि उनलाई निलम्बनको सामना गर्नुपरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *