राजनीति

पार्टी फुट्दैन, कल्पना पनि नगर्नुहोस् : डा. तोसिमा कार्की

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् । कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन ?’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए ।

तर, कार्कीले यसबारे प्रस्टीकरण दिँदै उक्त प्रश्न सरकार, मन्त्री र न्यायालयप्रति लक्षित रहेको स्पष्ट पारेकी हुन् । ‘विधिको शासन ? ए ए, सबैले आआफ्नै व्याख्या प्रति व्याख्या गर्नुभएछ । विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन ! स्वास्थ्य मन्त्रीको हर्कतमा छैन ! न्यायालयमै छैन !! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ,’ सामाजिक सञ्जालमा लेखेकी छन् ।

https://www.facebook.com/Ootsheekafyu/posts/10227054897451214?ref=embed_post

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *