राजनीति

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए। उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताए । उनले भने, ‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *