काठमाडौं । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया जाने सिप बिल्डिङ परिक्षामा अनुत्रिर्ण भएका विद्यार्थीहरुले उत्पादनमुलक क्षेत्रमा समेत आवेदन दिन पाउनुपर्ने मागसहित हिमराज रिजाल (तरङ्ग)को नेतृत्वमा इपियस कार्यालय ग्वार्को अगाडी प्रदर्शन गरेका छन् ।
सोमबार एच आरडी कोरियाले उत्पादनमुलक क्षेत्रमा २०२४ को आवेदन खुलाउने समयमा सन २०२३ को अन्त्यमा १५ हजार ८ सय ४८ जनाको आवेदन जारी गर्दै २०२३मा कुनै पनि परिक्षमा आवेदन दिएका विद्यार्थीहरुले पुनः नयाँ खुलेको आवेदनमा सहभागी हुन नपाउने निर्देशन दिएपछि सिप विल्डिङमा अनुत्र्रिण विद्यालर्थीहरुले मंगलबार उत्पादनमुलक परिक्षमा सबैले सामेल हुन पाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । इपियस कार्यालयले पिडितहरुको माग सम्बोधन नगरे ३० हजारभन्दामाथिको संख्यामा कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरु भेला भएर मंशिर २५ गतेबाट निरन्तर आन्दोलन गर्ने जनाइएको छ ।
एच आर डी कोरियाले सन २०२२ सम्म जुनसुकै परिक्षमा अनुत्र्रिण विद्यार्थीहरुले नयाँ खुलेको आवेदनमा सामेल गराउँदै आएको थियो । तर एच आर डी कोरियाले यसपटक भने सन २०२३ मा एक पटक परिक्षमा सामेल भएका व्यक्तीहरुले अर्को क्षेत्रमा खुलेको आवेदनमा सामेल नगराउने संकत गरेको छ । यो भने सकरात्मक विषय होइन । इपियस परिक्षा मार्फत कोरिया जाने सपना बोकेर ठूलो लगानी फसाएर अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि यस्तो नियमले न्याय दिलाउन सक्दैन ।
सन २०२३ को सुरुका महिनाहरुमा कृषि क्षेत्र र उत्पादन क्षेत्रमा कुनै पनि आवेदन एक वर्षसम्म नखुल्ने सुचना एच आर डी सर्भिस कोरिया र इपियस कार्यालय ग्वार्कोले सुचना जारी गरेको थियो । त्यही बीचमा सिप विल्डिङ परिक्षाको आवेदन खुलेको थियो । बेलाबेला यस्ता समाचारहरु सार्वजनिक हुने गरेकाले इपियस अध्ययन गरिरहेका विद्यार्थीहरुको मानसिकतामा समेत असर पर्ने गरेको छ ।
आगामी दिनमा थप क्षेत्रहरु बढाएर धेरै मात्रमा इपियस टपिक परिक्षा मार्फत १६ देशबाट कामदार लैजाने तयारी गरिरहेको बेला कोरियाले एक परिक्षामा सामेल भएका विद्यार्थीहरुल सोही वर्ष अर्को परिक्षामा सामेल हुन नपाउने नियम जारी गर्नुले विद्यार्थीहरु सम्मान अवसर प्रदान नगरेको देखिन्छ ।
एक वर्षमा सबै क्षेत्रका लागि आवेदन खुलाउन पहल गर्ने जिम्मेवारी नेपालका लागि इपियस कार्यालय ग्वार्को ललितपुरको समेत भएकाले समयमा नै दक्षिण कोरियासँग नेपालले समझदारी गर्नु आवश्यक देखिन्छ । इपियस कार्यालय ग्वार्कोले समयमा नै दक्षिण कोरियाली सरकारसमक्ष विद्याथीहरुले भोग्नुपरेका समस्यावारे छलफल गरेर एकै वर्षमा सबै क्षेत्रको परिक्षाको आवेदन खुलाउने र एक परिक्षामा आवेदन दिएकाले आगामी सोही वर्षको परिक्षामा समेत सामेल हुन पाउने व्यावस्था जारी गर्नु सान्र्दभिक देखिन्छ ।