राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरी बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरी बस्ने गरी सकिएको छ।

बुधबारको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ७ एजेन्डा छलफलका लागि प्रस्तुत गरेका छन्।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना लगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता औचित्य सम्बन्धी मस्यौदा प्रस्तुत गरेका छन्।

मस्यौदामाथि प्रारम्भिक छलफल सुरु भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। अन्य एजेन्डामाथि छलफल जारी राख्दै बिहीबार बिहान ८ बजे फेरी बस्नेगरी बैठक सकिएको श्रेष्ठले बताए।

बैठकमा आगामी पुस १ देखि ३ गतेसम्म बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न र समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल चलिरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट