बागमती प्रदेश

औषधि पसल १० दिनभित्र मापदण्ड अनुसार संचालनमा नआए कारबाही गर्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र मापदण्ड विपरित सञ्चालनमा रहेका पसललाई मापदण्ड अनुसार संचालन गर्न आग्रह गरेको छ । महानगरपालिकाले बुधबार एक सुचना जारी गर्दै मापदण्ड विपरित रहेका औषधि पसललाई १० दिनभित्र मापदण्ड अनुसार संचालन गर्न निर्देशन दिएको हो ।

अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले तोकिएको समय सिमाभित्र मापदण्ड विपरित औषधि पसल संचालन गरेको थाहा पाएमा ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्नुका साथै औषधि पसल बन्द गरिने जानकारी दिए । विभागले गरेको औषधि पसल सर्वेक्षणमा संवेदनशील त्रुटी भेटिएको छ ।

अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जिपिपी) अनुसार औषधि पसल व्यवस्थापन नगर्ने समस्या देखा परेको स्वास्थ्य विभागका प्रमुख पौडेल बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *