देश

विराटनगरमा आगलागी : दुई जनाको मृत्यु, दुई घाइते

विराटनगर । विराटनगरको सात घुम्तीस्थित एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । सो आगलागी परी दुई जना सख्त घाइते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा विराटनगर–७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । आगजनीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *