देश

हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी प्रदेश, मधेश तथा बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यता सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने जनाएको छ ।

यस्तै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

आज सूर्योदय बिहान ६ बजेर ४१ मिनेट र सूर्यास्त ५ बजेर ९ मिनेटमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *