खेलकुद

नेपाल सुपर लिग : इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा उक्लियाे

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउनका लागि सञ्जीव विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इलामले ४७ औं मिनेटमा निर्णायक गोल गरेको थियो ।

पोखराले ४ खेल खेल्दा २ मा जित र २ मा बराबरी गरेको हो । धनगढीले भने अहिलेसम्म ३ खेल खेल्दा २ मा जित र एकमा बराबरीका साथ ७ अंक बनाएको छ ।

पराजित भएको इलाम ४ खेलबाट ३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । इलामले एक खेलमा जित निकाल्दा ३ खेलमा पराजय भोगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *