समाचार

एनसेलको बिक्री रहस्यमय रहेकाले गम्भिर अनुसन्धान गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेको बताएका छन् ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्य भएकाले अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्थामा आएको उनले बताए । एनसेल प्रकरणमा संसदले पनि गम्भिर चासो र जिम्मेवारीका साथ हेरिएको उनले बताए ।

अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिद बिक्रीबारे छलफल सुरु गरेका छन् । बुधबार लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।
सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता बारे भौतिक क्षेति नगरी आवाज उठाउन समेत सुझाव दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट