सम-सामयिक

एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश, दुबै पक्षलाई छलफलमा बोलायो

काठमाडौं।उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिदबिक्री भएका एनसेलका शेयरहरू मंसिर २५ सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई मंसिर २५ मा छलफलमा बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट