खेलकुद

वेस्ट ह्यामसँग टोटनह्याम स्तब्ध

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको टोटनह्यामले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहोरेको थियो । वेस्ट ह्याम पहिलो हाफमा १-० ले पछि रहेपनि दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

वेस्ट ह्यामको जितमा जारोड बोवेन र जेम्स वार्ड प्रवाउसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले एक गोल गरेका थिए ।

यो जितपछि वेस्ट ह्यामको १५ खेलमा २४ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि टोटनह्यामको १५ खेलमा २७ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट