सम-सामयिक

सन्दीपविरुद्धको मुद्धाको सुनवाई आजपनि, फैसला आउने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई आज पनि जारी रहेने छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि लगातार जारी रहेको सुनुवाई बुधबार हेर्दहेर्दैमा राखिएको थियो ।

बुधबार सरकारी वकिल र सन्दीप पक्षका वकिलको बहस सकिएको छ भने आज जवाफी बहस हुने बताइएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाई भईरहेको यस मुद्धाको सम्भवतः आज फैसला हुने सक्ने आकलन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *