मनोरञ्जन

२०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण फिल्म हल बन्द हुँदै

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ।

व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । कोरोनाको संक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन निर्देशक पौडेलले विज्ञप्ती जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले निश्चि समयभित्र आर्थिक वर्ष २०७८/ ७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको थियो । तर हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने बताएको थियो । महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो । नगर प्रहरी निरीक्षक ईश्वरीप्रसाद वाग्लेसहित दुई गाडी नगर प्रहरी परिचालन गरेर नै गोपीकृष्ण हलमै पुगेपछि हल व्यवस्थापनले प्रतिक्रिया जनाएको थियो

त्यसपछि शुक्रबार गोपि कृष्ण फिल्म हल प्रबन्धक निर्देशक पौडेलले स्थायी रुपमै फाल्गुण बाट हल बन्द हुने सुचना सार्वजकि गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *