समाचार

पत्रकार रमन वनमाथि कुटपिट भएको घटनाप्रति नेपाल दशनामी समाजको आपत्ति ,तत्काल दोषिलाई कारबाही गर्न माग

काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ४, जुबु, वस्ने नेपाल दशनामी समाज, सोलुखुम्बु जिल्लाका सचिव तथा दुधकोशी खबरका पत्रकार रमन वन माथि कुटपिट भएको घटना प्रति नेपाल दशनामी समाजले आपत्ति जनाएको छ ।

शनिवार सोलुखुम्बुको सल्लेरीमा आयोजित ल्होसार कार्यक्रममा भएको झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको भन्दै सोलुदुधकुण्ड नगरपालिका–५ का वडा अध्यक्ष मिङ्मार तामाङ सहित ६–७ जनाको समूहले रातको ९:३० बजेको समयमा दुधकोशी खबरको कार्यालयमै गएर सचिव तथा दुधकोशी खबरका संचारकर्मी वन माथि कुटपिट गरेको दशनामी समाजका अध्यक्ष विकास भारतीले जानकारी दिए । जनप्रतिनिधीले समाजमा घटेका घटनाहरुलाई समाधान गरी शान्तिपुर्ण समाजको निर्माणमा लाग्नुपर्ने हो तर वडाध्यक्ष तामाङले नै यस्तो व्यवहार गर्नु सबैका लागि आपतिजनक विषय हो ।

कुटपिटबाट घाईते भएका पत्रकार रमन वनको शरिरका विभिन्न भागमा निल, डाम, घाउ, चोट लागेको उनले बताए । दशनामी समाजले कुनै पनि घटना सम्बन्धि समाचार सम्प्रेषण गरेकै विषयमा चित नवुझेमा वैधानिक प्रक्रियाको विकल्प रोज्नु पर्नेमा गुण्डागर्दी शैलीमा उर्तिएर जनप्रतिनिधिको नेतृत्वमा पत्रकारमाथि हातपात गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै दोषिलाई तत्काल कारबाही गरी पिडितको स्वास्थ्य उपचारका साथै क्षेतिपुर्ती उपलब्ध गराउन माग गरेको छ ।

यदि समयमा नै पिडितको पक्षमा सुनुवाइ नभए कानुनी प्रक्रियामा अगाडी बढ्ने दशनामी समाजका अध्यक्ष विकास भारतीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट