खेलकुद

नेपालले किन पायो ५ रन ?

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध जारी तेस्रो खेलमा ५ रन पेनाल्टी स्वरूप पाएको छ ।

क्यानडाले टस हारे पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । तर नेपालले भने आफ्नो इनिंग शुरु नगर्दै ५ रन प्राप्त गरेपछि यसको विषयमा चाह्सो बढेको हो ।

एम्पायरले क्यानडाले खेलको ४९औं ओभरको अन्तिम बलमा गल्ति गरेपछि ५ रनको पेनाल्टी लागेको हो । क्यानडाका कप्तान साद बिन जफरले पिचको बीच भागबाट कुदेर रन जोडेपछि एम्पायरले नेपाललाई ५ रन दिएका थिए । त्यसअघि सादलाई एम्पाएरले चेतावनी दिएका थिए । आइसीसीको नियम अनुसार पिचको बीच भागमा दौडेर रन लिन पाइदैन ।

ब्याट्सम्यान पिचको बीच भागमा दौडेर रन लिएमा पहिलो पटक चेतावनी दिने र दोस्रो पटक विपक्षी टोलीलाई पेनाल्टी रन दिन पाउने नियम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *