मुख्य समाचार

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको आज दोस्रो दिन महासमिति बैठकमा पाँच प्रस्तावमाथि छलफल सुरु हुने भएको छ । कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने प्रचार विभाग प्रमूख मीन विश्वकर्माले जानकारी दिए ।

मंगलबा बिहान ९ बजेदेखि सुरु भएको महासमिति बैठकमा बन्दसत्र सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा बन्दसत्र सुरु भएपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गरेका छन् ।
महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथिको प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै महासमिति बैठकमा अर्थमन्त्री डा .प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश गर्नेछन् । महामन्त्री थापाले पेश गर्ने प्रतिवेदनमाथिको विवादमा सहमति जुटिसकेको छ ।
बैठकमा पेश भएका प्रस्तावहरुमाथि छलफल गर्न ‘तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *