रोजगार

भूमि आयोगले माग्यो करारमा ९७ कर्मचारी

काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवाका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधबार एक सूचनाा जारी गर्दै सर्भेक्षक भर्नाका लागि ९७ नापी प्राविधिकहरू माग गरेको जानकारी दिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् । आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामती सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट