देश

वीरगन्जमा लगाइएको कर्फ्यु आज तेस्रो दिनपनि जारी

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगन्जमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाका लागि स्थगित गरेको छ । स्थानिय प्रशासनले सोमबार साँझा ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्युलाई विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।

सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए ।

उनले ११ बजे पछि पूर्व निर्धारित क्षेत्रहरुमा लाग्दै आएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि यथावत राख्ने निर्णय गरिएको बताए ।

रौतहटको विषयलाई लिएर सोमबार वीरगन्जमा भएको विरोध जुलुशपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्‍न प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

नगरको सुरक्षा व्यवस्थालाई कायम राख्‍न स्थानिय प्रशासनले वीरगन्जको चोक-चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट