बागमती प्रदेश

ललिता निवासको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कामहानगरपालिकाले विशेष अदालतको फैसलाबमोजिम

विशेष अदालत, काठमाडौंले वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको’ मुद्दा नं. ०७६–सीआर–०२७० मा संवत् २०८०/११/०३ मा भएको फैसलाबाट बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा जफत भएको फैसला गरेपछि महानगरपालिकाले यस्तो आग्रह गरेको हो ।

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतलका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो।विशेषले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो। बाँकी ११० जनाविरुद्ध भ्रष्टाचारको कसुर, बिगो र सजायको मागदाबी अख्तियारले गरेको थियो। ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *