खेलकुद

नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई चौथो सफलता मिलेको छ। दिपेन्द्रसिंह ऐरीले जान फ्रिलिंकलाई आउट गराए। जानले ४ रन बनाएका थिए।

तेस्रो सफलता कुशल मल्लले लिए। उनको पहिलो बलमा ३१ रन बनाएर खेलिरहेका नामिबियाका भान लिङगेन आउट भए।

यसअघि कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई क्लिनबोल्ड गर्दै दोस्रो विकेट लिएका थिए। उनले तीन रन बनाएका थिए। त्यस्तै, सोमपाल कामीको बलमा दिपेन्द्रसिंह ऐरीले नामिबियाका निकोलस डाविन रन आउट गराए। उनले ८ रन बनाए।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *