देश

परिवारको हत्यापछि घिमिरे पनि संसारबाट अलविदा

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या गरेर ईश्वरीका श्रीमान् राजु घिमिरे पनि संसारबाट विदा भएका छ्न । घिमिरेले आफ्नै परिवारका तीन जनाको हत्या गरेर आँफूले पनि आत्माहत्या गरेका छन् । सोलखुम्बुको दूधकुण्ड घर भई हाल नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी घिमिरेकी श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी (नातिनी) सिवानी श्रेष्ठको हत्या गरेर उनले ससुरालीमा आँफूले परिवारको हत्या गरेको र आँफू पनि आत्माहत्याका लागि हिँडेको बताएका थिए ।

घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । काठमाडौंको सितापाइलामा श्रीमती, छोरी र नातिनी सिवानाको हत्या गरी फरार रहेका विक हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी नागार्जुन नगरपालिका–६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घिमिरेले परिवारको हत्या गर्न धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । नेपालमा आत्मा हत्या गर्ने हत्या गर्नेको संख्या बढ्दै गएको छ । यसलाई सकरात्मक मान्न सकिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *