काठमाडौं । कृषि तथा पशुपंक्षीमन्त्री डा. बेदुराम भुसालले उच्च अदालत पाटनले दिएको आदेशको अवहेलना गर्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेललाई पुनः का.मु. नियुक्ती गरेका छन् । आँफूलाई साधकी नेता बताउने डा. भुषालले पोखरेलको नियुक्तीमा राम्रै रकम बुझेको मन्त्रालयमा चर्चा चलेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उच्च अदालत पाटनले फागुन ६ गते उनको नियुक्तीमा स्वार्थ बाझिएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर कृषिमन्त्री डा. बेदुराम भुषालले अदालतको आदेशभन्दा माथि आफु रहेको जसरी पोखरेलाई पुनः नियुक्ती गरेर अदालतको आदेको अवहेलना गरेका छन् ।
कम्पनीको प्रबन्ध संचालकमा प्रतिस्पर्धा गर्दै तीन जनामा सिफारिस भएका रामचन्द्र ढकालको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै २०८० माघ १८ को नियुक्तिको निर्णय यथास्थितिमा राख्न अदालतले अन्तरिम आदेश दिएको थियो ।
पोखरेललाई कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समिति बैठकले प्रतिस्पर्धीमध्येबाट प्रबन्ध सञ्चालकमा छानेको थियो । तर प्रबन्ध संचालकमा नियुक्त भएका पोखरेल उक्त नियुक्ति गर्ने बैठकमा का.मु. प्रबन्धक सञ्चालकका रूपमा सहभागी भएको लगायतका कारणले स्वार्थ बाझिएको देखिएको भन्दै अदालतको अन्तरिम आदेशमा उल्लेख छ । प्रबन्ध संचालकमा नियुक्त पोखरेलले का.मु. प्रबन्ध संचालकको हैसियतमा छनोट समिति निर्माण गर्ने, आफू अनुकुलको कार्यविधी बनाउने र कार्यविधीलाई पटक–पटक संशोधन गर्दै परिणाम आफ्नो पक्षमा पार्न भूमिका निर्वाह गरेका थिए ।
अदालतको आदेश यस्तो छ :