देश

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै आज (बुधबार) काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ । बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । इपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रदर्शनमा मन्त्री ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट