राजनीति

प्रधानमन्त्रीले नसके बालकुमारी घटनाको प्रतिवेदन रास्वपाले पढिदिने

काठमाडौं । रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए । उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे ।

‘कति लामो प्रतिवेद हो त्यो ? पढ्नलाई गाह्रो भए, हामीलाई ल्याइदिनु, हामी वाचन गरेर सुनाइदिन्छौं । यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ,’– उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *