रोजगार

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणमा आर्थिक वर्ष २०८०-८१को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *