देश

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं।सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई प्रहरीले बिहीबार गोंगबुबाट ​पक्राउ गरेको हो।

थापाले ती महिलासँग सम्बन्ध रहेका वेला खिचिएका अन्तरंग तस्विर र भिडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट उनका परिवारलाई पठाएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि पक्राउ गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट