विश्व

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

काठमाडौँ । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ । ४० बर्षीय आल्भेजलाई विहIबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरीदेखि हिरासतमा रहेका छन् । आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्षीया महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । आल्भेजका वकिलहरुले भने आफूहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *