राजनीति

मन्त्रीको राजीनामा माग्दै एमाले,रास्वपा र राप्रपाद्धारा संसद् अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।

आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरु एमालेसहित रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलको अवरोध पनि सभामुख देवराज घिमिरेले एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईलाई बोल्न समय दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *