देश

राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार (आज) बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *