काठमाडौँ । आजका लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
आजका लागि बैठक डाकिएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो ।
स्थगित बैठक फागुन १३ गते आइतबार बिहान ११ः०० बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
केन्द्रिय समिति बैठकमा पार्टीको यसअघिको विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्य विभाजन लगायतका एजेन्डामा छलफल गर्ने तय गरिएको थियो । बैठकमा चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन गर्ने एजेण्डा समेत थियो ।